अर्धवार्षिक परीक्षाको परीक्षाफल आज एक औपचारिक कार्यक्रम गरेर प्रकाशन भएको छ। यस कार्यक्रमको अध्यक्षता परीक्षा सञ्चालक समितिका संयोजक श्री नवराज जोशी हुनुहुन्थ्यो भने उक्त कार्यक्रमका प्रमुख अतिथि यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री नवराज बिष्टज्यू हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन श्री शम्भु प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य श्री सुरेन्द्रप्रसाद ढकाल ज्यूले गर्नुभएको थियो। कक्षा ५ देखि माथि कार्यक्रमको सञ्चालन श्री सुरेन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। बाल विकास सहजकर्ता देखि देखि कक्षा १२ सम्मका शिक्षक शिक्षिका र कक्षा बालविकासदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीको सहभागिता रहेको थियो। प्रथम द्वितीय र तृतीय स्थान ल्याउन सफल विद्यार्थी भाइबहिनीहरूलाई सम्बन्धित कक्षा शिक्षकले र प्रमुख अतिथिले टिका तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
| क्र.सं. | सम्बन्धित फाईलको नाम | अपलोड भएको मिति/समय | सम्बन्धित फाईल |
|---|---|---|---|
| १ | अर्धवार्षिक परीक्षाको परीक्षाफल एक औपचारिक कार्यक्रम गरेर प्रकाशन गरिएको छ। | 2026-01-29 14:14:53 | हेर्नुहोस् |